images
images
  • प्रहरीमाथि कुटपिट गर्ने २ जना पक्राउ

    काठमाडौं– जेन्जी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा पक्राउ परेका हुन् ।

    उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ ।

    यस्तै, प्रहरी वृत्त बौद्धले जेनजी आन्दोलनको क्रममा लुटपाट भएको हतकडी र सोको चाबीसहित झापाको दमक नगरपालिका वडानम्बर २ घर भई हाल काठमाडौंको बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

    उनलाई यही कात्तिक ८ गते बेलुकी ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ दक्षिण ढोकाबाट नियन्त्रणमा लिइएको हो ।

    थप अनुसन्धानका लागि उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको प्रहरी जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images