images
images
  • नवनियुक्त मन्त्रीहरूको शपथ २ बजे हुँदै

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाएकी छन् ।

    नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो २:३० बजे शीतल निवासमा हुने भएको छ ।

    शपथ ग्रहण गर्ने चार जनामा डा. सुधा शर्मा गौतम (स्वास्थ्य तथा जनसंख्या), गणपतिलाल श्रेष्ठ (भूमि), खगेन्द्र सुनार (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र बब्लु गुप्ता (युवा तथा खेलकुद) समेत छन् ।

    पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भनिएका गणपतिलाललाई अन्ततः भूमि मन्त्रालय तोकिएको स्रोतले जनाएको छ ।

    डा. शर्मा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् र २०६५–२०६८ बीच स्वास्थ्य मन्त्रालयकी सचिव थिइन् ।

    श्रेष्ठ सांस्कृतिक सम्पदा संरक्षण अभियानी हुन् ।

    सुनार दलित अधिकारका अभियानीका रूपमा ‘दलितलाई खै’ अभियानबाट चर्चित छन् ।

    गुप्ता परोपकारी संस्था ‘१०० ग्रुप’ का संस्थापक हुन् ।

    कार्की नेतृत्वको मन्त्रिपरिषद् अब ७ सदस्यीय हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images