काठमाडौं– नयाँबानेश्वरस्थित संसद भवनमा जेनजी आन्दोलनकारीले आगजनी गरी क्षति पुर्याएपछि राष्ट्रिय सभाको बैठक सिंहदरबारभित्रको कृषि समितिको हलमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद भवन निर्माणाधीन र सिंहदरबारको पुरानो भवन प्रबलीकरण भइरहेकाले अस्थायी रूपमा कृषि समितिको हल सबैभन्दा उपयुक्त देखिएको हो ।
उनका अनुसार बैठक सुरु भएपछि युट्युबमा प्रत्यक्ष प्रशारण र दर्शक व्यवस्थाका लागि न्यून खर्चमा आवश्यक पूर्वाधार तयार पार्ने विषयमा छलफल भइरहेको छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले स्विटजरल्याण्डको जेनेभा प्रस्थान गर्नुअघि प्रधानमन्त्री सुशीला कार्कीसँग बैठक स्थलबारे परामर्श गरेका थिए ।
उनी स्वदेश फर्किएपछि यसबारे थप निर्णय हुने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























