काठमाडौं । सरकारमा चार नयाँ मन्त्री थप हुने भएका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीले डा.सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ताको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् ।
गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
स्रोतका अनुसार उनीहरुको शपथ आजै हुने छ भने शपथको समय राष्ट्रपति कार्यालयले चाँडै सार्वजनिक गर्ने जनाएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्