काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले देशको वर्तमान सुरक्षा अवस्थाबारे गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा करिब दुई घण्टा छलफल गरेकी छन् ।
बैठकमा सहभागी गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले सुरक्षा अवस्थाको सूक्ष्म समीक्षा गर्दै सम्भावित चुनौतीहरूको मूल्यांकन गरेको छ ।
उनले विभिन्न समूहहरूले प्रदर्शनको तयारी गरिरहेको सूचनाका बीच राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न आग्रह गर्दै भने, “राजनीतिक मुद्दा संवादमार्फत समाधान गर्न सरकार तयार छ ।”
प्रतिक्रिया दिनुहोस्























