images
images
  • यस्तो छ समाजवादी मोर्चामा आवद्ध दलहरूबीचको एकताबारे माओवादी केन्द्रको स्पष्टीकरण

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले समाजवादी मोर्चा तथा वामपन्थी दलहरूबीच चलिरहेको एकता प्रयासबारे स्पष्टीकरण जारी गर्दै अहिलेसम्म कुनै अन्तिम टुंगो नलागेको जनाएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट जारी विज्ञप्तिमा केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकताअनुसार समाजवादी मोर्चामा आवद्ध राजनीतिक दलहरू तथा अन्य वामपन्थी र प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न वैचारिक र सांगठनिक छलफल जारी रहेको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, “नेकपा (माओवादी केन्द्र)ले विभिन्न समयमा नेपाली जनताको अगुवाइमा भएका क्रान्ति र संघर्षहरूको रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अनिवार्य शर्त रहेको ठहर गरेको छ । इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि विभिन्न पक्षसँग सघन छलफल भइरहेको छ, तर एकताबारे कुनै पनि विषय टुंगो लागेको छैन ।”

    सचिवालयले सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूमा दलहरूबीच एकता भएको भन्ने किसिमका प्रचारमा सत्यता नरहेको स्पष्ट गरेको छ ।

    माओवादी केन्द्रले वामपन्थी शक्तिहरूबीच वैचारिक स्पष्टता, संगठनात्मक रूपान्तरण र साझा कार्यदिशाको आवश्यकतामाथि जोड दिँदै आगामी राजनीतिक दिशाबारे छलफल जारी राख्ने जनाएको छ ।

    नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्द राजनीतिक दल तथा अन्य वामपन्थी एवं प्रगतिशील समूहहरुबीच नेपाली समाजवादी क्रान्तिका कार्यभार पुरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक विषयहरुमा घनिभूत छलफल जारी छ ।

    यद्दपी कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा अन्तिम निर्णय र टुंगो लागिसकेको छैन । बिभिन्न समयमा नेपाली जनताको अगुवाईमा भएका क्रान्ति र संघर्षहरुलाई रक्षा गर्दै बाँकी कार्यभार पुरा गर्न एकता अनिवार्य शर्त रहेको नेकपा (माओवादी केन्द्र)को ठहर छ ।

    इतिहासको यही आवश्यकतालाई मनन गर्दै अहिले एकताका लागि बिभिन्न पक्षसँग सघन छलफल भइरहे पनि एकताबारे कुनै पनि विषय टुंगो नलागेकाले सामाजिक संजाल तथा केही संचार माध्यममार्फत भएको प्रचारमा सत्यता नरहेको स्पष्ट गर्दछौं ।

    -संयोजक क. प्रचण्डको सचिवालय

    प्रतिक्रिया दिनुहोस्
    images
    images