images
images
  • अपदस्त ओली र लेखकलाई पक्रिन प्रहरी हच्किएपछि बालेन र सुदनको जाहेरी तामेलीमा

    काठमाडौं– जेन्जी आन्दोलनका क्रममा परेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं मेयर बालेन शाह र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङविरुद्धका सबै जाहेरी तामेलीमा परेका छन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्राप्त प्रमाणका आधारमा तत्काल अनुसन्धान अघि बढाउनुपर्ने देखिन नसकेपछि जाहेरीहरू तामेलीमा राख्ने निर्णय गरिएको हो ।

    ओली र लेखकविरुद्ध सुदन गुरुङको उपस्थितिमा दर्ता गराइएको जाहेरी पहिले जाँचबुझ आयोगमा पठाइएको भए पनि पछि प्रहरी कार्यालयमा फिर्ता आएको थियो ।

    सरकारी वकिल कार्यालयको सल्लाहपछि ती सबै जाहेरी तामेलीमा राखिएको स्रोतले बतायो ।

    त्यस्तै, मेयर बालेन शाह र गुरुङविरुद्ध एमाले विद्यार्थी संगठन अनेरास्ववियुले दिएको जाहेरी प्रहरीमा बुझिए पनि दर्ता गरिएको थिएन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images