काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग सेवा बन्द र कर्मचारी प्रवेश निषेधबारे छलफल गरेका छन् ।
उक्त विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो जनाएपछि मन्त्री खनालले बिहानै व्यवस्थापनसँग कुरा गरी जानकारी लिएकी हुन् ।
उनले सुरक्षाको पूर्ण प्रत्याभूति दिने सरकार तयार रहेको बताउँदै सेवा सुचारु राख्न आग्रह गरिन् । खनालले भनिन्, ‘आत्तिनु पर्दैन, उच्च मनोबलका साथ सेवा जारी राख्नुहोस्, हामी साथमा छौँ ।’
भोलि आइतबार सरकारले व्यवस्थापनसँग थप छलफल गर्ने भएको छ ।
उनले उक्त होटलको सेवा बन्द भएको चासोप्रति चौतर्फी आलोचना भएको छ ।
निमुखा जनताभन्दा विलासी होटलप्रति चासो राखेको भन्दै आलोचना भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















