जनकपुरधाम– मधेश प्रदेश सरकारले कार्तिक ११ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कार्तिक ११ गतेको दिन प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
मन्त्रालयले मिति २०८१ साल चैत २२ गते प्रकाशित २०८२ सालको सार्वजनिक बिदा सम्बन्धी सूचनालाई अद्यावधिक गर्दै यो थप बिदाको व्यवस्था गरेको हो ।
मन्त्रालयका अनुसार सो दिन प्रदेशका सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा हुनेछ ।
मन्त्रालयका उपसचिव गणेश नायकद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “मिति २०८२ साल कार्तिक ११ गते मंगलबारका दिन छुट पर्वको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि प्रकाशित गरिएको छ ।”


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्