images
images
  • यस्तो बन्नेछ माओवादी–एस एकता पश्चात् पार्टी संरचना

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच कात्तिक ३० अघि नै एकता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

    वार्ता टोलीका सदस्यहरूका अनुसार हालको प्रगतिमा कुनै अप्रत्याशित बाधा नआए एकता अब अपरिहार्य बनेको छ ।

    दुवै दल आगामी चुनाव एकीकृत पार्टीका रूपमा लड्ने तयारीमा छन् ।

    माओवादीभित्र सैद्धान्तिक रूपमा एकताप्रति असहमति छैन भने समाजवादी पक्षमा झलनाथ खनाललगायतका केही नेताले केही विमति राखेका छन्, जसको समाधानको प्रक्रिया जारी छ ।

    सिद्धान्तिक आधार

    नयाँ पार्टीको वैचारिक मार्गदर्शक ‘मार्क्सवाद–लेनिनवाद’ रहनेछ ।

    माओवादीको ‘माओवाद’ र समाजवादीको ‘जनताको बहुदलीय जनवाद’ भने रहने छैनन् ।

    दुवै दलले लोकतान्त्रिक व्यवस्थालाई आधार मानी ‘नेपाली विशेषताको समाजवाद’ लाई वैचारिक दिशानिर्देशका रूपमा अंगाल्ने सहमति गरेका छन् ।

    संगठनात्मक ढाँचा

    दुवै दलको संरचना करिब एकरूप भएकाले लेनिनवादी संगठन सिद्धान्त र जनवादी केन्द्रीयता कायम राख्ने तय भएको छ ।

    नेतृत्वको मोडलमा भने चारवटा विकल्पमाथि छलफल चलिरहेको छ :

    १. दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल संरक्षक रहने ।

    ३. संयोजक–सहसंयोजकको मोडल ।

    ४. कार्यसञ्चालन गर्ने सचिवालय प्रणाली ।

    अध्यक्ष, उपाध्यक्ष, महासचिवजस्ता धेरै पदहरू नराख्ने सहमति पनि बनिँदै छ ।

    पार्टीको नाम र प्रतीक

    ‘माओवादी’ शब्द हटाइने भएकोले पार्टीको नाम ‘नेकपा समाजवादी’, ‘नेकपा’ वा ‘नेपाली कम्युनिष्ट पार्टी’ मध्ये एक रहने सम्भावना छ ।

    नाम दर्ता सहज बनाउन राजु कार्की नेतृत्वको नेकपा समाजवादी वा लोकनारायण सुवेदी नेतृत्वको नेकपासँग एकता गर्ने विकल्पमाथि पनि छलफल भइरहेको छ ।

    पार्टीको झण्डा परम्परागत कम्युनिस्ट प्रतीकमै आधारित हुनेछ भने चुनाव चिह्नका लागि नयाँ प्रतीक अपनाउने सम्भावना छ ।

    अन्य दलहरूसँग संवाद

    नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपा र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि सहकार्यका सम्भावनाबारे वार्ता भइरहेको छ, जसले एकीकृत पार्टीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

    यता एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी र माओवादी कार्यकर्तालाई ‘पुरानै घर’ फर्किन आग्रह गरे पनि माओवादी र समाजवादी नेताहरूले त्यसलाई ‘राजनीतिक व्यङ्ग्य’ मात्र मानेका छन् ।

    “अब कात्तिक ३० भित्र नयाँ पार्टी दर्ता गरेर चुनावी तयारीमा जाने लक्ष्य छ,” एकीकृत समाजवादीका एक नेताले भने ।

    प्रतिक्रिया दिनुहोस्

    images