images
images
  • मधेश सरकार हत्याउने रणनीतिमा कांग्रेस–एमाले, विश्वासको मत रोक्न सांसद किनबेच

    काठमाडौं– मधेश प्रदेशमा छठको रौनकसँगै राजनीतिक हलचल पनि तीव्र बनेको छ ।

    मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले छठपछि विश्वासको मत लिने तयारी गरेका छन् ।

    संविधानअनुसार उनी असोज २९ गते नियुक्त भएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

    कांग्रेस सांसद अञ्जना पण्डितका अनुसार यसै कारण दलहरूबीच संवाद र भेटघाट तीव्र भएको छ ।

    उनको भनाइमा, “मुख्यमन्त्रीले विश्वासको मत लिन तयारी गर्नु र दलहरूबीच छलफल हुनु स्वाभाविक हो ।”

    मधेश प्रदेशमा १० दल छन् ।

    सोनललाई जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)को समर्थन छ ।

    जसको कुल संख्या ५७ सांसद पुग्छ ।

    सरकार बनाउन ५४ सांसद आवश्यक छन् ।

    तर, जनमत पार्टीका दुई सांसद सतिश कुमार सिंह र त्रिभुवन साह जनस्वराज पार्टीतर्फ गइसकेका छन् ।

    विभाजनसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले रोकेकाले उनीहरू हाल जनमतकै ह्वीपअन्तर्गत रहनेछन् ।

    जसपा नेपालका सांसद सरोज सिंह कुशवाहा निलम्बित छन् ।

    यी कारण केही सांसद अनुपस्थित भएमा विश्वासको मत जोखिममा पर्न सक्ने देखिएको छ ।

    त्यसैले मुख्यमन्त्री सोनल र सत्तापक्ष साना दलहरूसँग निरन्तर संवादमा छन् । सोनल भन्छन्, “विश्वासको मतका लागि समस्या हुँदैन ।”

    जसपा प्रवक्ता मनिष सुमनका अनुसार सरकार निर्माणमा जसपाको अग्रणी भूमिका रहेकाले विश्वासको मत सुनिश्चित गर्न पार्टी सक्रिय छ ।

    “यो सरकार सफल बनाउन हामी जिम्मेवार छौं, कांग्रेस–एमालेले विगत हेर्दा सांसद किनबेच गर्नसक्ने भएकोले सचेत रहनुपर्छ,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस्

    images