काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाउने नेताहरू अहिले ‘पर्ख र हेर’को अवस्थामामा छन् ।
केन्द्रीय कार्यसमिति बैठक जारी भएकाले उनीहरू बैठकको निर्णय कुरिरहेका छन् ।
हस्ताक्षर अभियानका नेतृत्वकर्ता गुरुराज घिमिरेका अनुसार उनीहरूको पहिलो प्राथमिकता नियमित महाधिवेशन नै हो ।
‘मङ्सिर मसान्तभित्र नियमित महाधिवेशनको मिति घोषणा गर्छ कि भनेर हामी पर्खिरहेका छौँ,’ उनले बताए ।
महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालासहितको समूहले कार्यसमितिको म्याद मङ्सिर मसान्तमै सकिने भएकाले सो समयभित्र नै महाधिवेशन हुनुपर्ने अडान लिएको छ ।
तर, संस्थापन पक्षले भने फागुन वा वैशाखमा गर्नुपर्ने धारणा राखेको छ ।
महाधिवेशनको मिति नतोकिए पार्टी फुट्ने आशंका बढेपछि घिमिरे र देवराज चालिसेले डा. शेखर कोइरालासँग भेट गरी छलफल गरेका छन् ।
कोइरालाले पार्टी फुटको जोखिम टार्न संयमित हुन आग्रह गर्दै ०५९ सालको विशेष भेलाले पार्टी फुटाएको घटना सम्झाएका थिए ।
घिमिरेका अनुसार डा. कोइरालाले पार्टी एकता संविधान, लोकतन्त्र र देशका लागि अनिवार्य रहेको बताएका छन् ।
उनले भने, ‘हाम्रो माग कमजोरी होइन, संकट समाधानको उपाय हो ।’
घिमिरेले संस्थापनले महाधिवेशन प्रतिनिधिको म्याद सकिएको दाबीलाई अस्वीकार गर्दै भने, ‘वडा, पालिका र प्रदेश समितिका म्याद सकिएको घोषणा नगरिकन प्रतिनिधिको म्याद सकियो भन्नु असंगत छ ।’


विश्व खबर 

















प्रतिक्रिया दिनुहोस्