images
images
  • आगामी १२ गतेदेखि पानी पार्ने बादल सक्रिय हुँदै, पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

    काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा बादल र वर्षा गराउने कुनै सक्रिय मौसमी प्रणाली छैन ।

    त्यसैले अहिले देशका अधिकांश भू–भागमा घाम लागेको छ ।

    दिउँसो र अपराह्नतिर केही पहाडी क्षेत्रमा आंशिक बदली रहन सक्ने र राति कतिपय स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।

    मौसमविद् विनोद पोखरेलका अनुसार पछिल्ला दिनमा पश्चिमी नेपालमा हल्का वर्षा गराउने कमजोर पश्चिमी वायुको प्रभाव देखिएको थियो ।

    उनका अनुसार अब मंगलबारसम्म देशका धेरैजसो स्थानमा मौसम घमाइलो रहनेछ, जसले धानबाली भित्र्याउन अनुकूल परिस्थिति सिर्जना गर्नेछ ।

    तर, बुधबारदेखि पूर्वी नेपालतिर वर्षाको सम्भावना देखिएको उनले बताए ।

    ‘कमजोर पश्चिमी वायुले पश्चिम नेपालमा हिजो हल्का वर्षा गरायो । मंगलबारसम्म धेरै ठाउँमा मौसम घमाइलो नै हुनेछ,’ पोखरेलले भने, ‘तर बुधबारदेखि पूर्वी नेपालका केही भागमा वर्षाको सम्भावना बलियो देखिन्छ ।’

    उनका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले पूर्वी नेपालमा वर्षा गराउने संभावना छ ।

    प्रतिक्रिया दिनुहोस्

    images