images
images
  • मधेश सरकारले जनस्वराज र नाउपालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिँदै, सत्तारूढ दलको बैठक आह्वान

    जनकपुर– मधेश प्रदेश सरकार विस्तारबारे सत्तारूढ दलहरूको बैठक आज बिहान ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा बस्दैछ ।

    जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी सहभागी रहने बैठकमा मन्त्रालय भागबण्डा, सरकारको टिओआर, विश्वासको मत लगायत विषयमा छलफल हुने जनाइएको छ ।

    बैठकमा जनमतबाट फुटेको जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने विषयमा चर्चा हुनेछ ।

    गत असोज २९ गते पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपा नेता जितेन्द्र सोनलले असोज ३० गते शपथ लिएपछि जनमतका महेशप्रसाद यादव र एकीकृत समाजवादीका कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

    मन्त्रालय भागबण्डा टुंगो नलागेकाले एक सातापछि पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्

    images