images
images
  • ट्रम्प–पुटिन वार्ता भाँडियो, भयानक बन्दै रूस–युक्रेन युद्ध

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई साताभित्र हंगेरीको बुडापेस्टमा हुने भनिएको भेटघाट रद्द भएको छ ।

    रूस–युक्रेन युद्धलाई अग्रपंक्तिमै रोक्ने ट्रम्पको प्रस्तावपछि वार्ता भंग भएको हो ।

    ट्रम्पले मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘म व्यर्थको बैठक गर्न चाहन्नँ । समय बर्बाद गर्न चाहन्नँ, अब के हुन्छ, हेरौँ ।’

    ४२ महिनादेखि जारी युद्ध अन्त्य गर्ने प्रयास विफल हुने यो पछिल्लो घटना हो ।

    दुई महिनाअघि अलास्कामा भएको ट्रम्प–पुटिन शिखर वार्ता पनि निष्कर्षविहीन भएको थियो ।

    पुटिनले युद्धविरामका लागि युक्रेनको निःशस्त्रीकरण र कब्जा गरिएका क्षेत्र रुसमै राख्ने अडान लिएका छन् ।

    जबकि युक्रेनले आफ्नो भूमि सुम्पिने प्रस्ताव अस्वीकार गरेको छ ।

    ट्रम्पले भने युद्धलाई हालको रेखामा रोक्दै मानिस मार्न बन्द गर्न दुवै पक्षलाई आह्वान गरे ।

    उनले भने, ‘अहिले जस्तो रेखा छ, त्यसरी नै राखौँ । भविष्यमा क्षेत्रीय विवरणबारे वार्ता गर्न सकिन्छ ।’

    युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूले ट्रम्पको प्रस्तावलाई समर्थन गर्दै युद्ध तत्काल रोक्न आग्रह गरेका छन् ।

    तर, क्रेमलिनले प्रस्ताव अस्वीकार गर्दै युद्धविरामका लागि आफ्ना पुराना मागहरू दोहो¥याएको छ, युक्रेनी सेनाको फिर्ती र कब्जा भएका सम्पूर्ण क्षेत्रहरूमा रुसी नियन्त्रण ।

    रूसले अमेरिकालाई गोप्य सन्देश पठाएर सम्पूर्ण डोनबास क्षेत्र आफ्नो नियन्त्रणमा हुनुपर्ने अडान दोहो¥याएको रिपोर्ट छ ।

    ट्रम्पको अडान भने लगातार फेरिँदै आएको छ, कहिले रुसप्रति कडा, कहिले सम्झौताप्रति लचक ।

    पछिल्लो वार्ता रद्दसँगै युद्ध अन्त्यको सम्भावना अझ अनिश्चित बनेको छ ।

    गत हप्ता जेलेन्स्कीले ह्वाइट हाउसमा अमेरिकी टमाहक मिसाइल मागे पनि सहमति पाएनन् ।

    ट्रम्पले युरोपेली राष्ट्रहरूले अब बढी जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images