images
images
  • यी प्रदेशमा पानी पर्ने सम्भावना

    काठमाडौं– भोलि (कात्तिक ५) कर्णाली र सुदूरपश्चिमका पहाडी–हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ ।

    कोसी र गण्डकीका पहाडी–हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा/हिमपातको पूर्वानुमान गरिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय छैन ।

    तर गोवर्धन पूजा (कात्तिक ५) र भाइटीका (कात्तिक ६)का दिन पश्चिमी वायुको सामान्य प्रभाव रहनेछ ।

    महाशाखाले पछिल्लो मौसमी जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images