images
images
  • जेन्जी आन्दोलनका काँतर अभियान्ता मिराजको सत्तामा पुग्ने बाटो बन्द भएपछि पछ्याउँदै ओलीपथ

    काठमाडौं– नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित भव्य पत्रकार सम्मेलनले जेन्जी आन्दोलनका अगुवा मिराज ढुंगानालाई फेरि राजनीतिक केन्द्रमा ल्याएको छ ।

    तर, यसपटक उनको घोषणाभन्दा बढी चर्चा कार्यक्रमको खर्च र त्यसले दिएको राजनीतिक सन्देशले पाएको छ ।

    ढुंगानाले पत्रकार सम्मेलनमा प्रत्यक्ष कार्यकारी प्रणाली लागू नगरेसम्म र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार नदिएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने घोषणा गरे ।

    उनले नयाँ राजनीतिक दल गठनको तयारी भइरहेको जानकारी पनि दिए ।

    तर, उनका आलोचकहरूले ढुंगाना पनि अपदस्त पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा निर्वाचन प्रक्रियालाई अस्थिर बनाउन खोज्दैछन् ।

    होटलबाट प्राप्त विवरण अनुसार मिराजले आयोजना गरेको पत्रकार सम्मेलनमा २५० देखि ३०० जना सहभागी हुँदा करसहित करिब ६ देखि ७ लाख खर्च पर्न सक्छ ।

    होटलको हाइ–टी प्याकेज २,००० मा १५ प्रतिशत कर (१३ प्रतिशत भ्याट र २ प्रतिशत लक्जरी ट्याक्स) थपिँदा प्रति व्यक्ति लागत २,३०० पुग्छ ।

    त्यस अनुसार २५० जनाका लागि ५,७५,००० र ३०० जनाका लागि ६,९०,००० खर्च आउँछ ।

    कार्यक्रमका लागि प्रयोग भएका पीए सिस्टम, ल्यापटप र प्रोजेक्टरजस्ता उपकरणसमेत जोडिँदा झन्डै ३१ हजार थपिएको देखिन्छ ।

    सहभागीहरूले पनि लक्जरी होटल, ठूला स्टेज, साउण्ड सिस्टम र आकर्षक सजावटसहित कार्यक्रम सम्पन्न भएको बताएका छन् ।

    तर, उनले आर्थिक स्रोतबारे कुनै प्रष्टता दिएनन् ।

    भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि नागरिकस्तरीय समिति गठन गर्ने घोषणा गरे पनि महँगो मञ्चनकै कारण सामाजिक सञ्जालमा प्रश्न उब्जिएको छ ।

    ‘भ्रष्टाचारविरुद्धको आन्दोलन’ महँगो होटलबाट किन सुरु भयो ? ट्विटर र फेसबुकमा कतिपयले लेखे, ‘जनताको आन्दोलनलाई एलिट शोमा बदल्न खोजिएको छ ।’

    यसबीच, प्रधानमन्त्री सुशीला कार्कीले संसद्ले प्रत्यक्ष कार्यकारी प्रणाली र विदेशस्थित नेपालीको मतदान अधिकारबारे अध्ययन गरिरहेको बताइसकेकी छन् ।

    सरकारी स्रोतका अनुसार ढुंगानाको माग संवैधानिक संशोधनमार्फत मात्र सम्भव छ ।

    एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘आन्दोलनको ऊर्जा सकारात्मक दिशामा जानुपर्छ, संविधान परिवर्तन कुनै समूहको दबाबमा गर्न मिल्दैन ।’

    यो विवादले जेन्जी आन्दोलनको नैतिकता र दिशाबारे नयाँ बहस जन्माएको छ ।

    जस आन्दोलनले सडकमा शासन परिवर्तनको प्रतीक सिर्जना ग¥यो ।

    त्यसकै नेता अहिले उच्चस्तरीय होटलमा खर्चिलो मञ्चबाट जनताको शासनको माग गर्दैछन् ।

    राजनीतिक संक्रमणको यो मोडमा मिराज ढुंगानाको कदमले के नयाँ युगको संकेत गर्छ वा पुरानो सत्ता संस्कृतिको पुनरावृत्ति हो ।

    अब यसको जवाफ जनता र इतिहासले नै दिनेछन् ।

    प्रतिक्रिया दिनुहोस्

    images