images
images
  • निर्वाचन आयोगमा १२४ दल दर्ता, १७ पार्टी दर्ता प्रक्रियामा

    काठमाडौं– निर्वाचन आयोगमा नयाँ दल दर्ताको १७ वटा निवेदन प्रक्रियामा छन् ।

    जेनजी आन्दोलनअघिसम्म १० वटा निवेदन परेका थिए भने आन्दोलनपछि थप ७ पार्टीले निवेदन दिएका छन् ।

    हाल दर्ता भएका दलको संख्या १२४ छ ।

    यदि सबै नयाँ दल दर्ता भए, संख्या अझ बढ्नेछ ।

    यसैबीच, जनमत पार्टी फुटेर जनस्वराज पार्टी दर्ता भएको छ भने नेपाल जनमुक्ति पार्टी फुटेर नयाँ दल दर्ता भएको छ ।

    आयोगले दर्ता हुन बाँकी दलका विधान र सदस्य संख्या जाँचिरहेको छ ।

    केही दलले प्रस्ताव गरेको चुनाव चिन्ह परिवर्तन गर्न पनि आयोगले आग्रह गरेको छ ।

    राष्ट्रिय जेनजी पार्टीले ‘क्रस खुकुरी’, राष्ट्रिय परिवर्तन पार्टीले ‘बाँसुरी’, र नेपाल लिबरल पार्टीले ‘सिक्का’ चुनाव चिन्ह प्रस्ताव गरेका छन् ।

    यसअघि नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी (अध्यक्ष हर्क साम्पाङ) र गतिशील लोकतान्त्रिक पार्टी (अध्यक्ष दिनेश प्रसाईं) ले पनि दर्ताको निवेदन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images