
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँगको युद्ध अन्त्य गर्न पुटिनका सर्तहरू स्वीकार गर्न सुझाव दिएका छन् ।
फाइनान्सियल टाइम्सका अनुसार ह्वाइट हाउसमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीलाई डोनबास क्षेत्र रुसलाई सुम्पिन दबाब दिएका थिए ।
तर, अन्ततः जेलेन्स्कीले युद्ध रोक्नु नै उत्तम विकल्प हो भन्नेमा ट्रम्पलाई सहमत गराएका थिए ।
बैठकपछि ट्रम्प र जेलेन्स्की दुवैले युद्ध यहीँ अन्त्य हुनुपर्ने बताएका थिए ।
यसअघि पुटिनले ट्रम्पसँग फोनमा कुरा गर्दै डोनबास क्षेत्रका ठूला भागको साटोमा युक्रेनले खेरसोन र जापोरिझियाका साना भागहरू पाउन सक्ने प्रस्ताव गरेका थिए ।
शान्ति पहल अघि बढाउन ट्रम्प र पुटिन दुई साताभित्र बुडापेस्टमा अर्को शिखर वार्ता गर्ने सम्भावना छ ।
एनबीसी न्युजसँगको अन्तर्वार्तामा जेलेन्स्कीले ट्रम्पलाई पुटिनमाथि अझ कडा दबाब दिन आग्रह गर्दै भनेका छन्, ‘पुटिन हमासजस्तै हुन्, तर अझ शक्तिशाली । त्यसैले उनीमाथि अझ दृढ अडान लिन जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस्