images
images
  • कुन बैंकले कति कमाए नाफा ? (सूचीसहित)

    काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनासम्म वाणिज्य बैंकहरूको नाफा घटेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बैंकहरूले कुल १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन गत वर्षको सोही अवधिको १६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँभन्दा कम हो ।

    ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाए पनि यो गत वर्षभन्दा ७.२६ प्रतिशतले घटेको हो ।

    नविल बैंकको नाफा पनि १५.१७ प्रतिशतले घट्दै १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँमा पुगेको छ ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड, कुमारी बैंकले १ अर्ब ५ करोड ६९ लाख, प्राइम बैंकले १ अर्ब ४ करोड ६७ लाख र एनएमबीले १ अर्ब ३ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् ।

    सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंकको रहेको छ, जसले ३५ करोड ४६ लाख रुपैयाँ कमाएको छ ।

    त्यसपछि हिमालयन बैंकले ३७ करोड ७ लाख, माछापुच्छ्रे बैंकले ४८ करोड २० लाख र एनआईसी एशिया बैंकले ४९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    bank byaj

    प्रतिक्रिया दिनुहोस्
    images
    images