images
images
  • सुनको मूल्य बढ्यो (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।

    यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

    आइतबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images