images
images
  • अपदस्त ओलीमा प्रधानमन्त्री बन्ने भुत कायमै, संसद् जगाउन कांग्रेस–एमाले सक्रिय

    काठमाडौं– जेन्जी आन्दोलनबाट सत्ता गुमाएको डेढ महिना नपुग्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि प्रधानमन्त्री बन्ने इच्छा प्रकट गरेका छन् ।

    २१ फागुनको प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष सहभागी नहुने नीति लिएका ओलीले आफू निरन्तर देशको हितमा काम गरिरहेको र जनताले चाहेको खण्डमा पुनः प्रधानमन्त्री बन्ने विश्वास व्यक्त गरे ।

    सम्पादकहरूसँगको भेटमा उनले भने, ‘रातभर देशकै काममा लाग्ने मान्छे प्रधानमन्त्री नहोस् भनेर कसैले पूजा गरे पनि फरक पर्दैन । तर, जनताले भने म त्यसको आदेश मान्नैपर्छ ।’

    उनले तत्काल सक्रिय राजनीतिबाट पछि नहट्ने संकेत पनि दिए ।

    जेन्जी आन्दोलनबारे छानबिन आयोगमा उपस्थित नहुने बताउँदै ओलीले भने, ‘केपी ओली लुरुलुरु गएर बयान दिने मान्छे होइन ।’

    यसका साथै उनले संसद् पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

    तत्कालीन सत्तासाझेदार दल कांग्रेस पनि संसद् जगाउने प्रयत्न गरिरहेको दाबी गरे ।

    उनले भदौ २३ र २४ को गोलीकाण्डको जिम्मेवारी अस्वीकार गर्दै घुसपैठका कारण घटना घटेको दाबी गरे ।

    उनका अनुसार सुरक्षा निकायले आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिएको भए पनि संसद् भवनअगाडि मुठभेड भएपछि मात्रै गोली चलेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images