
काठमाडौं– समाजवादी मोर्चाका चार दलबीचको एकीकरण प्रक्रिया आन्तरिक विवाद र नेताहरूको अलमलका कारण परपर धकेलिएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र विप्लव नेतृत्वको नेकपाबीच एकताको प्रयास जारी भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
माओवादी अध्यक्ष प्रचण्डले कात्तिकभित्र एकता नभए मंसिरमा विशेष महाधिवेशन गर्ने तयारीमा लागेको बताएका छन् ।
तर, एकीकृत समाजवादीभित्र झलनाथ खनाल र घनश्याम भुसालको असहमति, माओवादीमा पनि जनार्दन शर्मासहितको असन्तुष्ट समूह सक्रिय भएपछि एकता प्रक्रियामा जटिलता देखिएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक १२–१४ कात्तिकमा बस्दैछ ।
जसले पार्टी एकताका लागि ठोस निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्