images
images
  • प्रधानमन्त्री कार्कीले दलहरूलाई बोलाइन् आफ्नै डेरा, जालान् कांग्रेस–एमाले ?

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सात राष्ट्रिय दललाई संवादका लागि आह्वान गरेकी छन् ।

    उनले दलहरूलाई औपचारिक पत्र पठाउँदै मंगलबार दिउँसो ४ बजे बालुवाटारमा वार्ताका लागि आह्वान गरेकी हुन् ।

    प्रधानमन्त्रीले प्रत्येक दलबाट २–२ जना प्रतिनिधि पठाउन आग्रह गरेकी छन् ।

    बालुवाटारमा हुने छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा नेपाल र जनमत पार्टी सहभागी हुनेछन् ।

    प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार यसअघि प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images