images
images
  • सेयर बजार बढ्यो

    काठमाडौं– तिहारअघिको सेयर बजार १६.६७ अंक बढेको छ ।

    सो अंकको वृछिपछि आइतबार नेप्से परिसूचक २५०३ अंकमा कायम भएको छ ।

    नेप्से बढे पनि कारोबार रकम घटेको छ ।

    गत बिहीबार ३ अर्ब २७ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ७९ करोडको भयो ।

    १६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ८ को स्थिर रह्यो ।

    अधिकांश सेक्टरका सूचक बढेका छन् ।

    बैंकिङ ०.८७, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स ०.४७, अन्य १.१६ तथा व्यापार ०.९० प्रतिशत बढे ।

    विकास बैंक ०.२१ र निर्जीवन बीमा समूह ०.३४ प्रतिशत घटे ।

    आत्मनिर्भर लघुवित्त र हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशत बढ्यो ।

    त्यस्तै भगवती हाइड्रोपावरको ९.८८, एसियन हाइड्रोपावरको ७.८० तथा अभियान लघुवित्तको ६.०१ प्रतिशत मूल्य बढ्यो ।

    कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घट्यो ।

    त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको ३.७० र मुक्तिनाथ विकास बैंकको ३.४२ प्रतिशत घट्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, युनियन हाइड्रोपावर, सीईडीबी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्स रहे ।

    प्रतिक्रिया दिनुहोस्

    images