images
images
  • मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री काठमाडौंमा

    काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनल मन्त्रिपरिषद् विस्तारको गृहकार्यका लागि शनिबार बिहान काठमाडौं आएका छन् ।

    बिहीबार शपथ ग्रहण गरेका लोसपा नेता सोनल पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

    उनले शपथकै दिन जनमतका महेश यादव र नेकपा (एकीकृत समाजवादी)का कनिस पटेललाई मन्त्री बनाए पनि मन्त्रालय बाँडफाँट टुंगो नलागेकाले विस्तार हुन सकेको छैन ।

    गठबन्धनका दलबीच मन्त्रालय भागबण्डा मिलाउन सोनल काठमाडौं पुगेका हुन् ।

    सहमति अनुसार जसपालाई चार, जनमतलाई तीन, माओवादी र समाजवादीलाई दुई–दुई मन्त्रालय दिइने तयारी छ ।

    यद्यपि जनमतका दुई सांसद जनस्वराज पार्टीतर्फ लागेपछि सोनललाई केही नैतिक चुनौती परेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images