
काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई देशको इज्जत र स्वाभिमानको महत्व बुझाउन आवश्यक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले सामाजिक सञ्जाल दर्ता गर्ने विषयलाई देशको इज्जतसँग जोडेर व्याख्या गरे ।
अध्यक्ष ओलीले भने, ‘सामाजिक सञ्जालले नेपालका कानूनको पालन नगर्ने, कर तिर्न नचाहने र दर्ता नहुने बताउँछ भने राष्ट्रको स्वाभिमान कसरी रहन्छ ? हाम्रो नवयुवाहरूलाई राष्ट्रप्रतिको स्वाभिमानको महत्व बुझाउनुपर्छ ।’
साथै, उनले आफूलाई अहंकारी वा घमण्डी नभएर सत्य बोल्ने व्यक्ति भएको पनि स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्