images
images
  • नयाँ पार्टी गठन गर्दै बालेन, सुमना र सुदन

    काठमाडौं– जेन्जी आन्दोलन पश्चात् बनेको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको चुनाव गर्ने मिति घोषणा गरेको छ ।

    चुनाव तयारीका लागि जेनजी प्रतिनिधिहरू पार्टी गठनमा सक्रिय छन् ।

    शनिबार मात्र मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरे ।

    अर्कोतर्फ, जेनजीका अरु प्रतिनिधि र सामाजिक अगुवाहरू ठूलो समावेशी दल बनाउने प्रयासमा छन् ।

    काठमाडौंका मेयर बालेन्द्र शाह, रास्वपा छोडेकी सांसद सुमना श्रेष्ठ, फिल्म निर्देशक निश्चल बस्नेत लगायतले सुधन गुरुङ र पुरुषोत्तम यादवसँग मिलेर पार्टी गठनको अन्तिम तयारीमा छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images