images
images
  • माधव–झलनाथलाई एमालेमा फर्किन ओलीको आग्रह पश्चात् पार्टी पोलिटब्यूरो बैठक आह्वान

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी कात्तिक ११ गतेका लागि पोलिटब्युरो बैठक बोलाएको छ ।

    पार्टीका प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार उक्त बैठकपछि कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्नेछ ।

    दुवै बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा आयोजना हुने तय भएको छ ।

    बैठकमा जेन–जी विद्रोहपछिको समसामयिक राजनीतिक परिस्थिति, सम्भावित पार्टी एकता र आगामी निर्वाचनका विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

    यसबीच पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि नेतृत्व हस्तान्तरणको दबाब आन्तरिक रूपमा बढ्दै गएको बताइन्छ ।

    यद्यपि, अध्यक्ष नेपाल तिहारपछि माओवादी केन्द्रलगायत समाजवादी मोर्चाका दलहरूसँग एकताको तयारीमा रहेका छन् ।

    तर, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका नेताहरू माओवादीसँग एकता गर्ने पक्षमा छैनन् ।

    उनीहरूले एकता होइन, पार्टी पुनर्गठन गरी आगामी निर्वाचनको तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

    यसअघि बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि माओवादीसँग एकताको प्रस्तावबारे प्राथमिक छलफल भएको थियो ।

    यसका साथै भर्खरै सम्पन्न एमाले केन्द्रीय समिति बैठकमार्फत केपी शर्मा ओलीले माधव–झलनाथलाई मूलघर पार्टीमा फर्किन आग्रह गरेका छन् ।

    यसबारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images