images
images
  • अपदस्थ पूर्वप्रधानमन्त्री ओलीलाई पुनः प्रधानमन्त्री नबनाउने सर्तमा संसद् पुनर्स्थापना गर्न प्रस्ताव

    काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले विघटित संसद् पुनर्स्थापनाका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् ।

    पार्टी केन्द्रीय कमिटी बैठकमा राखेको धारणा आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले पूर्वप्रधानमन्त्रीहरूलाई पुनः प्रधानमन्त्री नबनाउने शर्तसहित प्रतिनिधिसभा पुनर्स्थापनाको सुझाव दिएका छन् ।

    भट्टराईले सर्वदलीय तथा ‘जेनजी’ प्रतिनिधिहरूको सहभागितामा सरकार गठन गरी सीमित अवधिभित्र निर्वाचनमा जाने प्रस्ताव राखेका छन् ।

    उनका अनुसार भाद्र २३–२४ को घटनापछि उत्पन्न संकटको समाधान शान्तिपूर्ण र संवैधानिक प्रक्रियामार्फत खोजिनुपर्छ ।

    उनले तत्कालीन प्रधानमन्त्री ओली र राष्ट्रपतिबाट भएको संसद् विघटन असंवैधानिक भए पनि समाधानका लागि संयमता र सहमतिको आवश्यकता रहेको बताए ।

    भट्टराईका पाँच बुँदे प्रस्ताव :

    १. पुनर्स्थापित संसद्बाट पूर्वप्रधानमन्त्रीहरू पुनः प्रधानमन्त्री नबन्ने ।

    २. सर्वदलीय र ‘जेनजी’ प्रतिनिधिसहितको सरकार गठन गर्ने ।

    ३. ‘जेनजी आन्दोलन’का भावना अनुसार सहमतिको आधारमा संविधान संशोधन गर्ने ।

    ४. सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि विशेष प्रस्ताव पारित गर्ने ।

    ५. बढीमा आठ महिनाभित्र संघ, प्रदेश र स्थानीय तहको ‘वन नेसन, वन इलेक्सन’ प्रणालीमा निर्वाचन गर्ने ।

    भट्टराईले पुनर्स्थापनाको सवाललाई भावनात्मक नभई संवैधानिक र राजनीतिक सहमतिको निकासका रूपमा हेरिनुपर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images