images
images
  • कार्कीलाई हटाउनैपर्छ, आजको आवश्यकता क्रान्तिकारीहरूको वैकल्पिक सरकारको हो : महासचिव गजुरेल

    काठमाडौं– वरिष्ठ वामपन्थी नेता मोहन वैद्य ‘किरण’ले स्वास्थ्य कारणले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिव पदबाट राजीनामा दिएका छन् ।

    अब पार्टीको नेतृत्व सीपी गजुरेल ‘गौरव’ले गर्ने भएका छन् ।

    गत वर्ष माघदेखि कार्यवाहक महासचिवको जिम्मेवारी सम्हालिरहेका गजुरेललाई हिजो बसेको केन्द्रीय समिति बैठकले पूर्णरूपमा महासचिव नियुक्त गरेको हो ।

    अनलाइनखबरसँगको अन्तर्वार्तामा गजुरेलले वैद्यले राजनीति छोडेको नभई सल्लाहकार र विशेष कमिटीमा रहने बताए । विशेष कमिटीमा गजुरेलसहित अन्य नेताहरू पनि रहने तयारी भएको उनले जानकारी दिए ।

    बैठकले पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल गरेको छ । गजुरेलका अनुसार जेन–जी आन्दोलनपछि देश गम्भीर संकटतर्फ गएको भन्दै पार्टीले राष्ट्रियता र जनजीविकाको मुद्दामा संयुक्त आन्दोलनको तयारी गरेको छ ।

    उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राष्ट्रिय स्वार्थका मुद्दामा कुनै ठोस काम गर्न नसक्ने भन्दै देशभक्त क्रान्तिकारीहरूको वैकल्पिक सरकारको आवश्यकता रहेको बताए ।

    गजुरेलले वाम एकताको सन्दर्भमा माओवादी केन्द्रसँग एकता सम्भव नभएको स्पष्ट पार्दै अन्य देशभक्त र क्रान्तिकारी समूहसँग कार्यगत एकता विस्तार गर्ने बताए ।

    आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनबारे भने उनले ‘अहिले चुनाव हुने स्थिति छैन । परिस्थिति हेरेर पछि निर्णय गर्छौं,’ भने ।

    प्रतिक्रिया दिनुहोस्

    images