images
images
  • सुनको मूल्य ह्वात्तै घट्यो (मूल्यसहित)

    काठमाडौं– आइतबार सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।

    यसअघि शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

    त्यस्तै चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको छ ।

    शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २७५ रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images