images
images
  • सरकारसँग ओली रत्तिभर डराएनन्, भन्छन्‌– देश छाडे पनि मलाई कसैले रोक्न सक्दैन

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी ओलीले जाँचबुझ आयोगद्वारा उपत्यका बाहिर अनुमतिविना जान रोक लगाइएपछि सरकारलाई चुनौती दिएका छन् ।

    आयोगले भदौ २३–२४ को जेनजी आन्दोलनका घटनाको छानबिनका लागि ओलीसहित पाँच जनाको पासपोर्ट रोकेर उपत्यका बाहिर जान अनुमति लिन सुझाएको थियो ।

    शनिबार पार्टी कार्यालयमा बोल्दै ओलीले भने, ‘झापामा मेरो घर जलाइयो, त्यो हेर्न जान नदिइने ? काठमाडौं छाडेर धुलिखेल जान नपाउने ? म नेपालभरिकै सहरमा जान्छु, कुन कानुनले समाउँछ हेरौँ । मैले देश छोडे पनि कसैले केही गर्नु सक्दैन ।’

    ओलीले सरकारलाई लोकतन्त्रविरोधी, असंवैधानिक र कमजोर बताएर तुरुन्त प्रतिनिधिसभा पुनःस्थापना र छानबिनको पारदर्शिता मागे ।

    उनले आफूमाथि मनमानी आरोप लगाउने योजना बनाइँदैछ भन्ने टिप्पणी गर्दै आफूले जेल र भूमिगत अनुभव भोगिसकेकोले आदेशपालक नहुने चेतावनी दिए ।

    जाँचबझ आयोग पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा स्थापना भएको थियो ।

    सोही आयोगले तत्कालीन गृहसचिव, गुप्तचर प्रमुख र काठमाडौंका सिडिओलाई पनि सोही सर्तमा विदेश जान रोक लगाउने प्रस्ताव गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images