images
images
  • कार्की सरकारले जोगायो कांग्रेस–एमाले राजदूतहरूको जागिर, अन्य ११ जनाको चैट

    काठमाडौं– सरकारले अघिल्ला सरकारले राजनीतिक भागबण्डामा नियुक्त गरेका ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

    तर, नेपाली कांग्रेस र एमाले कोटाबाट नियुक्त ६ राजदूत भने यथावत् राखिएका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकबाट २० कात्तिकभित्र फर्किन निर्देशन दिएकी हुन् ।

    फिर्ता बोलाइएका राजदूतमध्ये अमेरिका, चीन, बेलायत, जर्मनी, जापान, मलेसिया, साउदी, कतार, रुस, स्पेन र इजरायलका राजदूत छन् ।

    तर, भारतका शंकरप्रसाद शर्मा, अस्ट्रेलियाकी चित्रलेखा यादव, श्रीलंकाका पूर्णबहादुर नेपाली, दक्षिण कोरियाकी शिवमाया तुम्बाहाङ्फे, डेनमार्ककी सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका

    कपिल श्रेष्ठलाई यथावत् राखिएको छ ।

    यीमध्ये शर्मा, यादव र श्रेष्ठ कांग्रेसतर्फबाट र बाँकी तीन जना एमाले कोटाबाट नियुक्त भएका हुन् ।

    सरकार परिवर्तनसँगै राजनीतिक सिफारिसमा नियुक्त राजदूत फिर्ता बोलाउने र नयाँ पठाउने परम्परा यसपालि पनि दोहोरिएको छ ।

    परराष्ट्र सेवाबाट नियुक्त राजदूतले भने प्रायः चार वर्षको कार्यकाल पूरा गर्ने परम्परा यथावत् छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images