images
images
  • कांग्रेसको नेतृत्व हत्याउन गगनको च्याँखे : बैठकमा मनमौजी महाधिवेशनको कार्यतालिका पेश

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन मंसिरभित्र सम्पन्न गर्ने कार्यतालिका कार्यसम्पादन समितिमा पेश गरेका छन् ।

    उनले नियमित महाधिवेशनका लागि दुई विकल्पसहित प्रस्ताव प्रस्तुत गरेका हुन् ।

    थापाले पहिलो विकल्पमा मंसिर २७–२९ मा केन्द्रीय महाधिवेशन गर्ने र त्यसअघि सबै तहको अधिवेशन टुंग्याउने समयसारिणी प्रस्ताव गरेका छन् ।

    नयाँ सदस्यता वितरण र नवीकरण कात्तिक २१ भित्र सक्ने, विवाद कात्तिक मसान्तसम्म समाधान गर्ने र क्रियाशील सदस्यको सूची मंसिर ७ भित्र निर्वाचन समितिलाई बुझाउने योजना उनले

    अघि सारेका छन् ।वडा अधिवेशन मंसिर १२–१३, प्रतिनिधि सभा क्षेत्रीय तथा जनसम्पर्क समितिको अधिवेशन मंसिर २१ र केन्द्रीय महाधिवेशन मंसिर २७–२९ हुने प्रस्ताव उनले गरेका छन् ।
    दोस्रो विकल्पमा सबै तहका अधिवेशन क्रमशः मंसिर ५ देखि २९ सम्म सम्पन्न गर्ने तालिका पेश गरिएको छ ।

    थापाले १४औं महाधिवेशनका सबै जीवित र सक्रिय सदस्यको सदस्यता स्वतः नवीकरण मान्ने, र विधान संशोधन गरी क्रियाशील सदस्यबाटै नेतृत्व चयन गर्ने प्रस्ताव पनि अघि सारेका छन् ।

    तर, संस्थापन पक्ष मंसिरमा महाधिवेशन गर्न इच्छुक नभएकाले थापाको प्रस्ताव औपचारिक रूपमा केन्द्रीय समितिमा प्रस्तुत हुन सकेको छैन ।

    महामन्त्री विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला पक्ष भने मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

    karyatalika 1760700858 page 0001

    karyatalika 1760700858 page 0002

    karyatalika 1760700858 page 0003

    karyatalika 1760700858 page 0004

    प्रतिक्रिया दिनुहोस्
    images
    images