
काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक SCT-UnionPay कार्डमा आवद्ध भएको छ ।
यससँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर SCT-UnionPay कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।
साथै, यस आवद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास यस डेभलपमेन्ट बैंकले लिएको छ ।
दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको SCT नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।
प्रतिक्रिया दिनुहोस्