काठमाडौं– नेपाली सेनाले २३ र २४ भदौको जेन्जी आन्दोलनमा ज्यान गुमाएका मध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनका कारण कुल ७६ जनाको मृत्यु भएको जानकारी दिँदै तीमध्ये २२ प्रदर्शनकारी, ३ प्रहरी, १० कैदी र ४१ अन्य व्यक्ति रहेको बताए ।
जेन्जी पुस्ताले आह्वान गरेको उक्त आन्दोलनमा २३ भदौमा नयाँ बानेश्वरमा १९ र सुनसरीको इटहरीमा २ जनाको गोली लागी मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्























