images
images
  • प्रचण्ड, रवि र बालेन जेन्जी आन्दोलनका मतियार हुन् : एमाले नेता महेश बस्नेत

    काठमाडौं– नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनको मुख्य चालक माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, काठमाडौंका मेयर बालेन, र रास्वपा सभापति रवि लामिछाने भएको आरोप लगाएका छन् ।

    बुधबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बस्नेतले बालेनलाई ‘लुसिफर’ र रवि लामिछानेलाई ‘जेल तोडेर जनता झुक्याउने व्यक्ति’ भन्दै चिनाए ।

    उनले प्रचण्डसहित उनीहरूलाई उचित कारबाही गर्नुपर्ने पनि बताए ।

    बस्नेतले जेनजी आन्दोलन नेपाली युवाको असन्तोष भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमा आवाजको सीमिततासँग जोडिएको भए पनि बाह्य शक्तिहरूले यसलाई देशविरोधी दिशामा मोडेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images