images
images
  • एमाले नेतृत्व परिवर्तनमा दबाब, पदाधिकारी भन्छन्– ओलीलाई बोकेर जनतामाझ जान सकिँदैन

    काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अहिले नेतृत्व परिवर्तनको मुद्दा मुख्य एजेन्डा बनेको छ ।

    तर अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ देखि २९ गतेसम्म एघारौँ महाधिवेशन गर्ने प्रस्ताव गरेपछि तत्काल राजीनामाको माग भने केही कमजोर भएको छ ।

    पार्टी स्रोतका अनुसार असोज २४ गते बसेको पदाधिकारी बैठकमा उपाध्यक्षहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुरेन्द्र पाण्डेसहित अधिकांश पदाधिकारीहरूले ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए ।

    त्यही बैठकमा सचिव योगेश भट्टराईले ओलीको राजीनामा माग्दै महासचिव शंकर पोखरेललाई नयाँ अध्यक्षका रूपमा अघि सार्ने प्रस्ताव गरेका थिए, जसपछि ओली आक्रोशित बनेका थिए । उद्घाटन मन्तव्यमा ओलीले आफूले अहिले नेतृत्व छोड्नुपर्ने आवश्यकता नरहेको बताउँदै, “फेसबुकमा लेखेर वा अन्तर्वार्ता दिएर राजीनामा गरिँदैन,” भन्ने अडान दोहोर्याएका थिए ।

    महासचिव पोखरेलले तत्काल राजीनामाको प्रस्ताव अघि नबढाउन आग्रह गरे पनि सचिव योगेश भट्टराई र गोकर्ण विष्टले ओलीको नेतृत्वमाथि कडा आलोचना गरेका थिए ।

    योगेशले ओलीसँगको पुरानो सम्बन्ध स्मरण गर्दै पनि अब नयाँ पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने बताएका थिए ।

    भट्टराईको प्रसंग उठाउँदै ओलीले तीव्र प्रतिक्रिया दिएपछि बैठकमा नेताहरूबीच वाकयुद्धसम्म भएको थियो ।

    पदाधिकारीहरूको ठूलो भाग अझै पनि नेतृत्व परिवर्तनको पक्षमा रहेको बताइन्छ ।

    उनीहरूले ओलीलाई बोकेर जनतमाझ जना नकिने बताउँदै आएका छन् ।

    पोखरेलको प्रस्तावअनुसार बैठकमा अहिले केन्द्रीय सदस्यहरूले उल्टो वर्णानुक्रममा धारणा राखिरहेका छन् ।

    धेरै सदस्यहरूले लिखित प्रस्ताव पेस गरेका छन् भने ओलीको प्रस्तुत प्रस्ताव ६ पृष्ठ लामो रहेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images