images
images
  • सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँले बढ्यो (मूल्यसहित)

    काठमाडौं– शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

    विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँ बढेको छ ।

    भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ ।

    शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ ।

    एक औंस बराबर २.४३ तोला हुन्छ।

    त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ ।

    शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ ।

    अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images