images
images
  • कात्तिक महिनाका लागि कुन बैंकले कति घटाए ब्याजदर ? (सूचीसहित)

    काठमाडौं– कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् ।

    २० बैंकको सूचीअनुसार असोजको तुलनामा कात्तिकमा औसत ब्याजदर ०.२७५५ प्रतिशत विन्दुले घट्दै व्यक्तिगत मुद्दतीको अधिकतम औसत दर ५.१००५ प्रतिशत पुगेको छ ।

    ग्लोबल आइएमईले सबैभन्दा उच्च ६ प्रतिशत ब्याजदर कायम राखेको छ भने १५ बैंकले दर घटाएका छन् ।

    पाँच बैंक नेपाल, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, सिद्धार्थ र कुमारीले स्थिर राखेका छन् ।

    कुनै बैंकले दर बढाएका छैनन् ।

    लगानीयोग्य रकम प्रशस्त तर कर्जा प्रवाह सुस्त भएकाले बैंकहरूले ब्याजदर घटाएका हुन् । अहिले राष्ट्र बैंकको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप दर २.७५ प्रतिशत छ ।

    ss

    प्रतिक्रिया दिनुहोस्
    images
    images