images
images
  • सेयर बजारमा भारी गिरावट, सबै सर्किट राताम्य

    काठमाडौं– बिहीबार सेयर बजार १८.४० अंक घटेको छ ।

    सो घटाइसँगै नेप्से २४८७ अंकमा झरेको छ ।

    बजार बन्द हुँदाको आजको अंक गत वर्षको असोज १३ यताकै न्यून हो ।

    केही दिनयता बजार निरन्तर ओरालो लागेको छ ।

    आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो ।

    कारोबार रकम केही बढेको छ ।

    अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो ।

    बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् ।

    विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशत घटे ।

    हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशत बढ्यो ।

    कालिका लघुवित्तको ५.६९, इनिफिनिटी लघुवित्तको ३.८९, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ३.७९ प्रतिशत बढ्यो ।

    त्यस्तै समाज लघुवित्तको १०, युनिक नेपाल लघुवित्तको ७.३३, समता घरेलु लघुवित्तको ६.२५, अपर स्याङ्गेको ४.८७ तथा नेपाल पुनर्बीमाको ४.२१ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका कम्पनीमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images