images
images
  • ११ जना राजदूतको जागिर हजम गर्दै कार्की सरकार

    काठमाडौं– सरकारले राजनीतिक नियुक्तिका आधारमा रहेका १६ मध्ये ११ जना राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

    परराष्ट्र मन्त्रालयका उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धी निर्णय गर्न लागेको हो ।

    अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक नियुक्तिबाट पठाएका राजदूतमध्ये ११ जनालाई तत्काल फिर्ता बोलाउने र बाँकी पाँचजनाको कार्यशैली केही समय हेर्ने सहमति बनेको स्रोतले जनाएको छ ।

    फिर्ता बोलाइने राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, भारतका डा. शंकरप्रसाद शर्मा, जर्मनीका शाहिल रुपाखेती, इजरायलका धनप्रसाद पन्डित, मलेसियाका नेत्रप्रसाद तिम्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरेबियाका डा. नरेशविक्रम ढकाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र स्पेनका शनिल नेपाल रहेका छन् ।

    अहिलेलाई अष्ट्रेलियाकी चित्रलेखा यादव, डेनमार्ककी सुम्निमा तुलाधर, दक्षिण कोरियाकी शीवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ र श्रीलंकाका पूर्णबहादुर नेपालीलाई फिर्ता नबोलाइने भएको छ ।

    हाल ३१ दूतावास र तीन स्थायी नियोग गरी ३४ वटा नियोगमा नेपाली राजदूत कार्यरत छन्, जसमा १८ जना करियर डिप्लोम्याट र १६ जना राजनीतिक नियुक्तिबाट गएका छन् । करियर डिप्लोम्याटहरूलाई भने फिर्ता नबोलाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images