चितवन– नेकपा (माओवादी केन्द्र_का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने बताएका छन् ।
शुक्रबार बिहान भरतपुर–कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्न लागेको बताए ।
‘पहिलो चरणमा समाजवादी मोर्चाभित्रको एकता घोषणा केही दिनमै हुनेछ,’ प्रचण्डको सचिवालयले उद्धृत गरेको वक्तव्यमा भनिएको छ, ‘हाम्रो अन्तिम लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एक ठाउँमा ल्याउनु हो ।’
फरक प्रसंगमा उनले संसद् पुनःस्थापनाको एजेन्डा अब गौण बनेको बताउँदै एमालेभित्र पनि बहुमत चुनावको पक्षमा रहेको उल्लेख गरे ।
‘ढिलोछिटो सबै दल चुनावमा जान्छन्,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्























