images
images
  • कांग्रेस कार्यसम्पादन समितिको बैठक पछि केन्द्रीय समितिको बस्दै

    काठमाडौं– जेनजी आन्दोलनपछिको परिवर्तित अवस्थामा अघि बढ्ने बाटो पहिल्याउन आजदेखि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।

    जेनजी आन्दोलनमा कांग्रेसको केन्द्रीय कार्यालय आगो लाग्नुका साथै न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका तीनवटै अंगका कार्यालयमा आगो लगाएर ध्वस्त पारिएको थियो ।

    घरमै निर्घात कुटिएर घाइते बनाइएका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार केन्द्रीय कार्यसमितिलाई संबोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् ।

    उनले आफ्नो स्वास्थ्यको कारण देखाउँदै कार्यवाहक दिएपछि अबको बाटो पहिल्याउने काम देउवाबाहेकका पदाधिकारीसहित केन्द्रीय समितिको ‘कोर्ट’मा आएको छ ।

    नेपाली कांग्रेसले आन्दोलन किन भयो, कांग्रेस कहाँ चुक्यो, नागरिक असन्तुष्टि बढ्नुमा आफ्नो अंश कति हो र अबका दिनमा देशले र आफूले लिनुपर्ने बाटो के हो भन्ने विषयको समीक्षामा प्रवेश गरेको छैन ।

    घटना लगत्तैदेखि अभियान चलाएर विशेष महाधिवेशन माग गर्दै बुधबार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित प्रस्ताव पेस भएको छ ।

    अब केन्द्रीय समितिबाट विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने भन्ने विषयले प्राथमिकता पाउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images