काठमाडौं– निर्वाचन आयोगले दलहरूसँग छलफल गर्ने भएको छ ।
आज (बिहीबार) बिहान ११ बजे आयोगको कार्यालयका छलफल हुने भएको हो ।
आगामी फागुन २१ गते हुने मध्यावधि निर्वाचनका लागि छलफल गर्न आयोगले दलहरूलाई बोलाएको हो ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले) माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल,
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति लगायतका दलहरू सहभागी हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगसँगको छलफल पछि दलहरू निर्वाचनमा जाने वा नजानेबारे टुंगोमा पुग्नेछन् ।
तेस्रो ठूलो दल माओवादी र चौथो रास्वपाले निर्वाचनमा जाने निर्णय गरिसकेका छन् ।
किनकि दुई ठूला दल कांग्रेस र एमाले निर्वाचनमा नजाने बताइरहेका छन् भने अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि दलहरूले सहयोग गर्न आग्रह गर्दै आइरहेकी छिन् ।























