images
images
  • ओलीको अहंकार ज्युँका त्युँ, भने– म सत्तामा पुगे सञ्जाल बन्द र जेन्जीमाथि कारबाही हुन्छ

    काठमाडौं– एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भने, म बिग्रिएको भए पो सप्रिनु ? सिंहदरबार जलाउने सप्रिनुप¥यो, संसद् जलाउने सप्रिनुप¥यो ।

    जेन्जी आन्दोलनको आदेश आफूविरुद्धको विकल्प खोज्ने अभियान थियो भन्ने व्याख्या गर्दै ओलीले पार्टीभित्र र बाहिर आलोचना गर्नेहरूलाई पनि सप्रिनुपर्ने टिप्पणी गरे ।

    सत्ताबाट बाहिरिएको ३७ दिनपछि ओलीले सरकार पार्टीका नेतादेखि नागरिकसम्मप्रति आक्रोश पोख्दै २१ फागुनको निर्वाचन भाँड्ने संकेतसमेत दिए ।

    जेन–जी आन्दोलनलाई चोरको संज्ञा दिँदै त्यसलाई विद्रुपीकरण गरे र नेतृत्व हस्तान्तरण फेसबुकले नगर्ने भन्दै आफ्नै नेताहरूको अपमान गरे ।

    सत्ताबाट हटेपछि पनि अहंकारी र आक्रामक मुद्रामा प्रस्तुत भएका ओलीले २३–२४ भदौको त्रासदीबारे आत्मसमीक्षा गर्न चाहेनन् ।

    कूटनीतिज्ञदेखि अन्तर्राष्ट्रिय मिडियासम्मले उनीमाथि अहंकार र जिम्मेवारीविहीनताको आरोप लगाइरहेका छन् ।

    तर, ओलीले आफ्ना कमजोरी स्वीकार गर्नुअघि अरूमाथि दोष थोपर्ने रणनीतिमा देखिन्छन् ।

    बैठकमा उनले जेन्जी, सरकार र आफ्नै नेतामाथि आक्रमण गरे तर आन्दोलन रोक्न नसकिएको कारण स्पष्ट पारेनन् ।

    सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदायसँगको दूरी, आफ्ना सल्लाहकारहरूमाथिको निर्भरता र निर्णय प्रक्रियामा ढिलाइका कारण संकट गहिरिएको थियो ।

    त्यही बेला सामाजिक सञ्जाल बन्दको निर्णयमा पनि ओलीले सुरक्षा निकायको सल्लाह बेवास्ता गरेका थिए, जसले आन्दोलनलाई झन् भड्कायो ।

    ओलीले आफू पुनः सत्तामा पुगेमा विभिन्न सामाजिक सञ्जाल र जेन्जीमाथि कारबाही गर्ने संकेत गरेका छन् ।

    अहिले पनि उनी अन्तरिम सरकार र प्रधानमन्त्री सुशीला कार्कीमाथि प्रश्न उठाएर भ्रम फैलाउने प्रयासमा छन् ।

    यद्यपि उक्त सरकार आफ्नै सिफारिस र प्रमुख दलहरूको सहमतिमा बनेको थियो भन्ने तथ्य सार्वजनिक छ ।

    उता, कांग्रेस सभापति शेरबहादुर देउवाले भने कार्यवाहक नेतृत्व तोकेर संयमित भाषामा घटनाको समीक्षा गरे र ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरे ।

    ओलीको जस्तो अहंकारपूर्ण भाषणको सट्टा देउवाले संवाद र आत्मसमीक्षाको सन्देश दिए ।

    ओलीको भनिमण्डल सम्बोधनले आत्मसमीक्षा होइन, अहंकार झल्कायो, जसले पार्टीभित्रको असन्तुष्टि र नागरिक आक्रोशलाई अझ बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images