images
images
  • एमाले–माओवादी एकता हुनसक्छ : प्रचण्ड

    धादिङ, बेनिघाट रोराङ– नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता विषयमा संकेत दिएका छन् ।

    बेनिघाट रोराङमा आयोजित युवा र पार्टी नेताकार्यकर्तासँगको भेटघाटमा उनले आगामी चुनावलाई पार्टीको प्राथमिक एजेन्डा बनाउने बताए ।

    प्रचण्डले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो ।’

    उनले तिहारपछिको समयमा समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढाउने जानकारी पनि दिए ।

    एमालेसँगको एकताको सम्भावनाबारे उनले स्पष्ट पार्दै भने, ‘केपी शर्मा ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन, तर ओली नेतृत्व नरहे ढोका खुल्न सक्छ ।’

    कार्यक्रममा उनले युवा पुस्ताले माओवादीको विचारलाई सही ठहर गर्न थालेको र आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न नेता/कार्यकर्तालाई निर्देशन दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images