images
images
  • एमाले बैठकमा उपाध्यक्ष ईश्वर र महासचिव शंकरबीच चर्काचर्की, ओली बोल्दा होहल्ला

    काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा केहीबेर असमझदारी र हल्ला भएको छ ।

    ललितपुरको भनिमण्डलमा जारी बैठकमा उपाध्यक्ष ईश्वर पोखरेलले बोल्न समय दिनुपर्ने माग गरेका थिए ।

    तर, महासचिव शंकर पोखरेलले पदाधिकारीले बोल्न नपाउने बताएपछि केन्द्रीय सदस्यहरूमाझ चर्काचर्की भयो ।

    केही सदस्यले पदाधिकारीले पनि बोल्न पाउनुपर्ने कुरा उठाए ।

    त्यस्तै, जावलाखेलको रामबाग महलमा अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै पार्टीको एकता र स्थिरतामा जोड दिएका थिए ।

    तर, बोलिरहेका बेला हलको बत्ती गएपछि हलमा हल्ला सुरु भयो ।

    सहभागीहरूले उठेर बाहिर निस्किन थाले ।

    ओलीले मञ्चबाट निर्देशन दिँदै ‘पछाडि के छ त्यहाँ ? केही पसल–ससल छ कि ?’

    भनी हलको हल्ला नियन्त्रण गर्न खोजे ।

    मञ्च व्यवस्थापक विनोद श्रेष्ठले पनि हल्ला भएको क्षेत्रमा गए, तर आवाज रोकिएन ।

    अन्ततः ओलीले केन्द्रीय सदस्य बाहेक सबैलाई हलबाट बाहिर जान भने र बोल्न कडाइका साथ मनाही गरे ।

    केहीबेर रोकिएपछि उनले फेरि आफ्नो सम्बोधन जारी राख्दै पार्टीलाई एकताबद्ध भएर निर्णय कार्यान्वयनमा लाग्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images