काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैंका लागि सरकारबाट बाहिरिएको भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, “कतिपयले अब एमाले सधैंका लागि सरकारबाट हट्यो भनेर ठानेका छन् । यस्तो भ्रम पाल्नु जरुरी छैन ।”
ओलीले एमालेलाई देशको राजनीति र आर्थिक विकासको नायक पार्टी भएको दाबी पनि गरे ।
उनका शब्दमा, “हामी सरकारमा हुँदा र अहिले हटेपछि के अन्तर प¥यो भन्ने कुरा विश्व बैंकले नै देखाइदिएको छ । अहिलेको अनुमान अनुसार आर्थिक वृद्धिदर ३ प्रतिशतले घट्ने बताइएको छ ।”
प्रतिक्रिया दिनुहोस्























